काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली , गुहेश्वरी लगाएतका क्षेत्रमा पसगेका थिए । सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए ।


ADVERTISEMENT

# # #


पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए । उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्वीलाई अप्ठेरो हुनेगरी सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थीत गरिने बताए ।

उनले पशुपति क्षेत्रमा निशुल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ति जनाए ।