काठमाडौँ – राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


यसअघि भोलि (सोमबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । तर, विशेष कारण देखाउँदै बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । अघिल्लो हप्तामात्रै राष्ट्रियभाको रिक्त पदहरुमा निर्वाचन भएको थियो ।


ADVERTISEMENT

# # #


जसमा १८ वटा रिक्त पदमा सत्ता गठबन्धन १७ स्थानका विजयी भएको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ स्थानमा जित हात पारेको थियो ।