काठमाडौं – एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु तथा ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री खुला भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड – १ मा भएको साधारण सेयर र ऋणपत्र बिक्री खुला भएको हो ।


ADVERTISEMENT


पसु २२ गते परिपक्व भएको उक्त योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु÷ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हो । संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु। १०० को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु। १००० को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, मिति २०७८ माघ १३ गते देखि मिति २०७८ माघ २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आफूले लिन चाहेको शेयरहरु र ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने छ ।

प्रतिकृया

प्रतिकृया