काठमाडौं – नेपाल प्रहरीले हराएर भेटिएका मोबाईलको लगत राख्न थालेको छ ।  बिभिन्न ब्राण्डका मोबाईल सेट फेला परेको सम्बन्धमा सूचना जारी गर्दै  मोबाईलको लगत राख्न थालिएको जानकारी  नेपाल प्रहरीले  दिएको छ ।


ADVERTISEMENT


फेला परेको मोबाईल सेटहरु आफ्नो भएको दाबी गर्न पनि प्रहरीले अनुरोध गरेको छ । काठमाडौं प्रहरी प्रमुख एएसपी सुदीप गिरिले हिमालयपोष्टलाई दिएको जानकारी अनुसार भेटिएका मोबाइलहरु काठमाडौं प्रहरीको आधिकारिक फेसबुक पेजमा राख्न सुरु गरिएको छ ।


ADVERTISEMENT

# # #


भेटिएका मोबाइलहरुको जानकारी प्रहरीको फेसबुक पेजमा ,IMEI नम्बरसहित  राखिने हुँदा सम्बन्धित व्यक्तिले पाउन सजिलो हुने एएसपी  गिरिले बताए ।  प्रहरीको सूचनामा यस्तो भनिएको छ :

बिभिन्न ब्राण्डका मोबाईल सेट फेला परेको सम्बन्धमा ।

बिभिन्न मितिमा चोरी भएका तथा हराएका मोबाईल सेटहरु यस महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ तथा मातहतका प्रहरी बृत्तप्रभागहरुबाट खोजतलास गरिदा फेला परेको हुँदा सम्बन्धित मोबाइल धनीहरुले आ-आफ्नो मोबाइलको कागजपत्र (बिल,बट्टा,IMEI नम्बर ) साथमा लिई यस महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौमा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।