काठमाडौं – एउटा यस्तो गाउँ जहाँको जनसंख्या दश वर्षमा ३२ जना मात्र बढेका छन् । हालै सार्वजनिक भएको जनगणनाको नतिजामा यस्तो देखिएको हो ।  २०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसङ्ख्या १९ हजार ९६६ थियो ।


ADVERTISEMENT


२०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसङ्ख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैंले गणना गर्दा २३ हजार ४ सय १८ जनसङ्ख्या रहेको तथ्याङ्क निकालेको थियो ।


ADVERTISEMENT

# # #


१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसङ्ख्या ३२ जनाले मात्र बढ्नु प्रारम्भिक गणना नै त्रुटिपूर्ण भएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकलाई त्रुटिपूर्ण तथ्याङ्क सङ्कलन गर्दा आफ्नो पालिकाको यथार्थ जनसङ्ख्या आउन नसकेको बताएको छ ।

गाउँपालिकाको जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् ।  नागरिक दैनिकबाट ।