काठमाडौँ– सरकारले कोभिड–१९ संक्रमण जोखिम न्युनिकरणका लागि भन्दै लागू गरिएको जोरबिजोर प्रणालीलाई पुनरावलोकन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


चौतर्फी गुनासोपछि उपत्यकाका प्रशासनले जोरबिजोर प्रणालीमा पुनरावलोकन गर्ने निर्णय गरेको हो । आज बस्न लागेको काठमाडौँ, भक्तपुर एवम् ललितपुरका तीनै जिल्लाका सीडिआहरुेले यसै विषयलाई मुख्य एजेण्डा बनाएर छलफल गरिने बताएका छन् ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले काठमाडाँै उपत्यकामा गुड्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको एक साता भएको छ । यद्यपि जोर बिजोर लागू भएपछि कोरोना संक्रमण कम हुन सकेको छैन । उल्टै, जोरबिजोर प्रणालीका कारण कम मात्रामा सार्वजनिक यातायात सञ्चालन हुँदा भीड बढेको सर्वसाधारणको गुनासो छ ।

यस्तै, जोर बिजोर प्रणाली वैज्ञानिक नभएको भन्दै यातायात व्यवसायीले समेत सरकारको यस निर्णयको चर्काे आलोचना गरेका छन् । यसै विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजाल र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालबीच फोन वार्ता भएको छ ।

उक्त फोनवार्तामा महासंघका महासचिव नेपालले सीडीओ रिजाललाई जोरबिजोर प्रणालीका कारण यातायात व्यवसायी एवम् सर्वसाधारणमा भएको असुविधाबारे जानकारी गराएका थिए । प्रतिक्रियामा रिजालले आजको बैठकमा सो मुद्दालाई उठाइने जनाएका छन् ।

यता ट्राफिक प्रहरीले जोरबिजोर प्रणाली उल्लघंन गरेको भन्दै दैनिक सयौँ सवारी साधनलाई कारवाही गर्दै आएको छ ।