काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित भएको हो । समितिमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिमका पदेन सदस्यका साथै धारा २३ (२) बमोजिम केहि केन्द्रीय सदस्यहरुलाई समावेश गराइएको महामन्त्री थापाले जानकारी दिए ।

उनले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक अर्को हप्ता बस्ने र राष्ट्रिय राजनीतिका साथै नियमित सांगठानिक विषयमा छलफल हुने बताए । त्यस्तै भातृसंगठनका विषयमा पनि कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने उनको भनाई छ ।

केन्द्रीय समितिको भर्चुअल बैठकमा केही सदस्यहरुले स्थानीय निर्वाचनका बिषयमा पनि धारणा राखेका थिए । महामन्त्री थापाले संविधान विपरित स्थानीय निर्वाचनका सन्दर्भमा आएका विषयलाई कांग्रेसले अंगिकार गर्न नहुने आफ्नो धारणा रहेको बताए ।

सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट पूर्वपदाधिकारीहरुसहित वरिष्ठताका आधारमा २४ जनालाई कार्यसम्पादन समितिमा समेटेका छन् । विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ । जसमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने उल्लेख छ ।

अब सभापति देउवाले समितिमा ७ जना केन्द्रीय सदस्यहरुलाई मनोनित गर्न पाउने व्यवस्था पनि छ ।