काठमाडौँ– तारकेश्वर नगरपालिका वडा नम्बर ६ स्थित धर्मस्थली बजार जाने बाटोमा प्रवेशद्वार निर्माण हुने भएको छ ।


ADVERTISEMENT


निर्माणका लागि बिहिवार धर्मस्थली प्रवेशद्वार शिलान्यास समेत गरिएको छ । उक्त प्रवेशद्वारको शिलान्यास तारकेश्वर नगरपालिका– ६ का वडाध्यक्ष मधु कार्की एवम् उपभोक्ता समितिका अध्यक्ष सानुबाबु बिन्दुकारले संयुक्त रुपमा गरेका हुन् ।


ADVERTISEMENT

# # #


शिलान्यास समारोहमा समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । प्रवेशद्वार निर्माणका लागि तारकेश्वर नगरपालिकाले बजेट विनियोजित गरेको धर्मस्थली प्रवेशद्वार निर्माण समितिले जनाएको छ ।