भोजपुर– जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।


ADVERTISEMENT

# # #


उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र ८३ हजार ६०० रुपैँया नगद बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् ।

नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए । रासस