काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सुनको मुल्यमा प्रतितोला नौ सय रुपैँयाका दरले गिरावट आएको हो ।


ADVERTISEMENT


जसअनुरुप सुनको आजको बजार भाउ प्रतितोला ९२ हजार ६०० रुपैँया तोकिएको छ । जबकी पहेँलो धातु अघिल्ले दिनसम्म प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


महासङ्घका अनुसार, तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रुपैँया रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार रुपैँया थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैँया घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ । रासस