विगत दुइ वर्षयता सम्पुर्ण विश्व नै कोभिड–१९ को जञ्जालबाट ग्रसित छन् । हालसम्म यसविरुद्ध कुनै पनि औषधि पत्ता नलागेको अवस्थामा यसबाट बच्नका लागि सरसफाई तथा सामाजिक दूरी कायम राख्नु नै सबैभन्दा उत्तम उपाय भएको विभिन्न स्वास्थ्य संगठन तथा सम्बन्धित निकायको राय छ ।


ADVERTISEMENT


अर्थात्, व्यक्तिगत सरसफाइअन्तर्गत पटक–पटक साबुनपानीले हात धुनु, सन्तुलित आहार सेवन गर्नु तथा व्यायाम गर्नु नै स्वस्थ रहने मुलमन्त्र हो । यसबाट शरीरमा रोगसंग लड्न क्षमताको वृद्धि हुने विज्ञहरुले बताउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


यद्यपि महिनावारीको दौरान महिलाहरुले आफ्नो स्वास्थ्यप्रति अझ धेरै ध्यान दिन जरुरी रहेको छ । कोभिड–१९ मा मासिक धर्म स्वच्छता अझ बढि महत्वपूर्ण रहन्छ । महिनावारीको समयमा महिलामा रोगविरुद्ध लड्ने क्षमताको कमी हुन्छ । यसक्रममा उनीहरुमा संक्रमणको सम्भावना उच्च रहन्छ ।

त्यसैले पनि कोभिड-१९ को यस महामारीमा महिनावारी–स्वच्छताका साथै स्वास्थ्य तथा पोषणप्रति ध्यान दिनुपर्छ । यसका लागि महिलाले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः

१. हरेक ४–५ घन्टाका आफ्नो प्याड परिवर्तन गरी हरेक पटक प्याड परिवर्तन गर्दा आफ्नो गोप्य अंगलाई पनि राम्ररी धुने

२. तपाईलाई सहज महशुस गराई राम्ररी सोस्ने गुणस्तरीय प्याडको मात्रै प्रयोग गर्नै बानी बसालौं । यसले तपाईको छालामा अनावश्यक चिलाउने समस्यालाई बन्द गर्छ ।

३. प्रयोग गरिएको प्याड ट्वाइलेटमा राखेर फ्लस नगरी कागजले बेरेर फोहोर फाल्ने भाँडो(डस्टबिन)मा राख्ने

४. कतिपय महिलाहरु धेरै रक्तश्राव हुने हुदा एकैचोटि दुईवटा प्याडको प्रयोग गर्छन् । यो विल्कुल गलत हो । यसले तपाईको संक्रमणको जोखिम बढाउन मद्दत गर्छ । तसर्थ रक्तश्राव धेरै हुने महिलाले एकैपटक दुईवटाको प्रयोग गर्नुको सट्टा छिटो–छिटो प्याड परिवर्तन गर्ने बानी बसाल्नुपर्छ ।

५. कोभिड-१९ मा मासिक धर्म स्वच्छतालाई कायम राख्नाका लागि सफा भित्रीवस्त्र(पेन्टि) को प्रयोग गर्नुपर्छ । र, पसिना धेरै आउने व्यक्तिले प्याड परिवर्तनको समयमा भित्री वस्त्र पनि परिवर्तन गर्नुपर्छ ।

६. महिनावारीको समयमा हाइजिन मेन्टेन गर्नका लागि दिनमा एक पटक नुहाउन आवश्यक रहन्छ । महिनावारीमा शारीरिक समस्या देखिने व्यक्तिले तातो पानीले नुहाउनुपर्छ ।

७. आफ्नो ओछ्यानको कपडा(बेड सेट/तन्ना) पनि परिवर्तन गर्ने

८. प्याडबाहेक टेम्पोन्स वा मेन्स्ट्रुअल कप्सको प्रयोग गर्ने महिलाले प्रत्येक २ घन्टामा यसको परिवर्तन वा सफा गर्ने ।

९. प्याड परिवर्तन गर्नुअघि राम्ररी हातको सफा गर्ने ।

१०. र, केहि स्थानमा कोभिड१९–लकडाउनको कारण प्याडको अभाव भएको अवस्था पनि छ । तसर्थ त्यस्ता ठाउँका महिलाले प्याडको विकल्पको रुपमा कटनको कपडाको पनि प्रयोग गर्न सकिन्छ । यद्यपि यसलाई प्रयोग गर्नुपूर्व राम्ररी डिटोल पानीले धुनुपर्छ । यसका साथै एकपटक प्रयोग गरिएको कपडा पुनः प्रयोग गर्नुभन्दा फाल्नुपर्छ । अन्यथा यसले संक्रमण बढाउने भय रहन्छ ।

एजेन्सी ।