काठमाडौँ– समृद्धि फाइनान्स कम्पनी लिमिटेडका नयाँ अध्यक्ष ठाकुर प्रसाद भट्टराइले आफ्नो पदबहाली गरेका छन् । नव अध्यक्ष भट्टराइले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


फाइनान्सको पुष ३० गते सम्पन्न २० औँ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अध्यक्ष पदमा भट्टराईलाई चयन गरेको थियो ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धिले हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।