काठमाडौँ– स्टाण्डर्ड चार्टड बैंक पुनः एएए रेटिङ्ग(मुल्याङ्कन) पाउन सफल भएको छ ।


ADVERTISEMENT


इन्भेष्टमेन्ट इन्फरमेशन एण्ड क्रेडिट रेटिङ्ग एजेन्सी अफ इन्डिया लिमिटेड (इस्रा) नेपालले स्टाण्डर्ड चार्टड बैंक नेपालको जारी इक्रान्प–आईआरलाई पुनः एएए रेटिङ्ग प्रदान गरेको हो । बैंकले यसरी लगातार एएए रेटिङ्ग प्राप्त गरेको यो तेस्रो पटक हो ।


ADVERTISEMENT

# # #


एएए रेटिङ्गलाई समयमै उचित सेवा प्रदान गर्न सफल वित्तीय संस्थाहरुले प्राप्त गर्ने उच्चतम् सुरक्षित मुल्याङ्कन मानिन्छ । यससम्बन्धि इस्रा नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंकले कोभिड–१९ महामारी प्रभावको बाबजुद पनि पूँजीकरणअन्तर्गत बलियो आर्थिक प्रोफाइल एवम् स्वस्थ सम्पत्तिको गुणस्तरमा प्रतिबिम्बित हुन सफल भएको कारण बैंकलाई पुनश्चः उच्चतम् रेटिङ्ग प्रदान गरिएको छ ।’

गत अंग्रेजी वर्षको मध्य अक्टोबरसम्ममा बैंकको जोखिमपुर्ण सम्पत्ति अनुपात (सिआरएआर) १६.९ प्रतिशत र टियर–आई १४.४६ प्रतिशत रहेको रिर्पाेटमा उल्लेख छ । जुन क्रमशः ११ र ७ को न्यूनतम नियामक आवश्यकताभन्दा निकै माथि रहेको देखिन्छ ।

एससीबीएनएलको रेटिङ्ग प्रतिस्पर्धा अन्तर्गत पनि यस स्टाण्डर्ड चार्टडको विश्वव्यापी ब्रान्ड, प्रतिष्ठा र कोष प्रतिस्पर्धी लागतका साथै निक्षेपको उचित वितरण स्तर आधारले पनि प्रभाव पारेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले बताए ।

‘लगातार तीन वर्षसम्म एएए रेटिङ्ग पाउनुले हामी हाम्रो प्रतिबद्धता एवम् योजनालाई वास्तविकतामा परिणत गर्न सफल भयौँ भन्ने तथ्यको पुष्टि गर्छ । तसर्थ हामीलाई साथ दिएर बैंकको लक्ष्य प्राप्तिलाई सम्भव बनाउनु भएकोमा समस्त ग्राहक तथा शुभचिन्तकप्रति बैंकका तर्फबाट धन्यवाद व्यक्त गर्न चाहान्छौ’, उनले भने ।