काठमाडौं – रौतहटको गरुडा नगरपालिका–४, गरुडामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका–८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल गए राति करिब सवा ११ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । सवार दुईजनामध्ये मोटरसाइकल चालक यकिन नभएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।