काठमाडौं – विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो।


ADVERTISEMENT


योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड नाघेको छ । जसमध्ये ९६ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टामा १९ लाख ७० हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६५ लाख नाघेको छ । यस्तै २४ घण्टामा ९ हजार ७ सयको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४४ हजार पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।

बुधबार विश्वभर ३४ लाख ९५ हजार नयाँ सङ्क्रमित थपिँदा २३ लाख ७१ हजार निको भएका थिए भने १० हजारको मृत्यु भएको थियो ।

नेपालमा तीव्र संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ८४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ५५७१ र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८८३ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ। सोह अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४४३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ । तीव्र रुपमा फैलिएको नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ सक्रिय संक्रमित छन् ।