बागमती – बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी भएका छन् ।


ADVERTISEMENT


बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित भएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए। गठबन्धनबाट उम्मेदवार बनेकी तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४६३ र ४५० मतभारले विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८२४ मतभार प्राप्त गरेकी हुन् भने उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)बाट उम्मेदवार बनेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गरिन् ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले चार हजार ७९४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार बनेका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गरेभने नेमकिपाको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । विवेकशील दलको तीन जना प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएनन् । निर्वाचनमा बागमती प्रदेशका १०९ सदस्य र ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।