कम्बोडिया  – कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको कम्बोडियाली विदेश मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्डेक टोको हुनसेन र मलेसियाली प्रधानमन्त्री इस्माइल साबिरी याकोबीचको सो फोनवार्तामा द्धिपक्षीय विविध विषयमा कुराकानी भएको थियो ।


ADVERTISEMENT


कम्बोडिया एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन, आसियनको सन् २०२२ का लागि अध्यक्ष राष्ट्र पनि हो । त्यस फोनवार्ताका क्रममा आसियनका पनि विभिन्न विषयहरुमा छलफल भएको पनि कम्बोडियाको विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको प्रेस वक्तव्यमा जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस फोनवार्ताका क्रममा कम्बोडियाली प्रधानमन्त्री हुनसेनले हाल कम्बोडियामा काम गरिरहेका मलेसियाली नागरिकहरुलाई कोभिडका विरुद्धको खोपदेखि अरु पनि सहयोग गर्ने बाचा गर्नुभएको बताइएको छ ।उहाँहरुबीच कोभिड महामारीका विरुद्धमा एक भएर लड्ने र एक आपसमा सहयोग उपलब्ध गराउने विषयमा पनि समझ्दारी भएको पनि उक्त वक्तव्यमा बताइएको छ ।