काठमाडौँ– आफ्नो ७३ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय दूतावासले वीर नारी एवम् मृतक सैनिकका निकटतम नातेदारमा नगद तथा कम्बल वितरण गरेको छ ।


ADVERTISEMENT


सो अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सो समूहलाई सम्मान गर्दै कुल ६ करोड ३५ लाख बराबर नगदको चेक तथा कम्बल वितरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौंस्थित राजदूतावासमा क्वात्राद्वारा भारतीय झण्डोत्तोलनसँगै शुभारम्भ उक्त कार्यक्रममा उनले भारतका राष्ट्रपतिको सन्देश समेत पढेर सुनाएका थिए ।

 

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धि एवम् भारत स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन त्यहाँको सरकारले ‘आजादीका अमृत महोत्सव’ रुपमा अघि सारेको पहल कदमीकै एक हिस्साको रुपमा सो कार्यक्रमको आयोजना गरिएको दूतावासको भनाई छ ।

दूतावासका अनुसार, आजादीका अमृत महोत्सवअन्तर्गत सन् २०२३ को अगस्ट महिनासम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरिनेछ । यस्तै, नेपालमा India@75 माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहयोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

जसअन्तर्गत भारतका तर्फबाट दूतावासले नेपालका विभिन्न संस्था एवम् स्थानीय निकायलाई कुल ७५ वटा एम्बुलेन्स तथा स्कुल बसहरु उपहारस्वरुप प्रदान गर्ने योजना रहेको छ ।