काठमाडौँ– भारतीय टेलिभिजन प्रस्तोता आदित्य नारायण झा बाबु बन्न लागेका छन् । झाले सोमबार इन्टाग्राममार्फत पत्नी श्वेता अग्रवालको बेबी बम्प सार्वजनिक गर्दै आफूहरु अभिभावक बन्न लागेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


आफ्नो युगल फोटो पोष्ट गर्दै इन्स्टामा आदित्यले लेखेका छन्, ‘यो खबर सार्वजनिक पाउँदा श्वेता र म निकै नै धन्य एवम् कृतज्ञ महशुस गरिरहेका छौँ कि हामी चाँडै नै हाम्रो पहिलो सन्तानलाई स्वागत गर्दैछौ ।’ ह्यासट्याग गर्दै उनले थप तल लेखेका छन्, ‘बेबी अन द वे’ । उक्त फोटोमा यी जोडि निकै खुशी देखिएका छन् ।


ADVERTISEMENT

# # #


सन् २०२० डिसेम्बर १ मा वैवाहिक जीवनमा बाँधिएका आदित्य जोडि विवाहको १ वर्षपछि अभिभावक बन्न लागेका हुन् । यस उपलक्ष्यमा उनीहरुलाई विभिन्न् चर्चित सेलिब्रेटीहरुले बधाई तथा शुभकामना समेत दिएका छन् ।

एक कुशल गायक समेत रहेका झा चर्चित गायक उदित नारायण झाका सुपुत्र हुन् ।