काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् ।


ADVERTISEMENT


थाइल्याण्ड र चीनमा झण्डै चार महिनाको स्वास्थ्योपचार गरी सोमबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


‘सहमति जुट्न सकेन भने प्रक्रियाहोस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ।’ नेता पुनले भने, ‘मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङगो लगाउनेछ।’ पदाधिकारी चयनका लागि माओवादीले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।

यसअघि पुस ११ देखि १८ गतेसम्म भएको महाधिवेशनले केन्द्रीय समितिमात्रै चयन गरेको थियो। केन्द्रीय समिति बैठकले स्थायी कमिटी र पोलिट्ब्युरो पनि चयन गर्नेछ।

अर्को प्रसङ्गमा नेतापुनले वर्तमान सत्ता गठबन्धनका वैचारिक धरातल र मान्यतामा धेरै भिन्नता भए पनि लोकतन्त्र र परिवर्तनका उपलब्धिको रक्षा गर्ने विषयमा साझा मत रहेको र त्यो रहिरहने बताए।