नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो समय निर्वाचनलाई लिएर भइरहेको चर्चाबारे आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् ।


ADVERTISEMENT


नेता महरले संवैधानिक बन्दोबस्तको आधारमा निर्वाचन सम्पन्न गर्दा मात्र देश र काँग्रेसको हित हुने बताएका हुन् । महरले कुनै हालतमा स्थानीय सरकारको रिक्तताको अनुभुति जनतालाई नहुनेगरि संवैधानिक बन्दोबस्तको आधारमा निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


नेता महर भन्छन्, ‘राष्ट्रिय सहमति हुन सके तिनै तहको निर्वाचन एकै साथ गर्दा आर्थिक र समयको हिसावले किफायती हुन सक्थ्यो तर सहमति हुन नसक्ने स्थिति आयो भने पनि कुनै हालतमा स्थानीय सरकारको रिक्तताको अनुभुति जनता लाइ नहुने गरि संवैधानिक बन्दोबस्त को आधारमा निर्वाचन सम्पन्न गर्दा मात्र देश र काँग्रेसको हितमा हुन्छ भन्ने मेरो दृष्टिकोण हो ।’

संबिधानको आशय आवधिक निर्वाचनका माध्यमले स्थानिय, प्रदेश र संघिय सरकारको रिक्तता हुनुहुदैन भन्ने नै भएको महरको भनाई छ ।