काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेड बैंकको शंखमुल शाखाले बुद्धनगर वडा नं. १० मा अवस्थित बुद्धनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन सहयोग गरेको छ ।


ADVERTISEMENT


बैँकले एक विशेष कार्यक्रमकाबिबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त विद्यालयलाई उक्त सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त विद्यालयका छात्राहरुलाई विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शंमुल शाखाका शाखा प्रवन्धक पुन्य श्रेष्ठले जनाए । उक्त विद्यालयमा अध्ययनरत छात्राहरु अब महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सक्ने उनले विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको उल्लेख बताउँदै बैकलाई धन्यवाद ज्ञापन गर्नुरे ।

आबैँकले सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । गामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।