काठमाडौँ– नेपालमा कोभिड-१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् ।


ADVERTISEMENT


यसैबीच यस्तो अवस्थामा विद्यार्थीको अध्ययन नरोकियोस् भन्ने उद्देका साथ डिशहोम फाइबर नेटले ‘स्टुडेन्ट अनलाइन क्लास प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले सस्तो एवम् न्यून मुल्यमै सो प्याकेज उपलब्ध गराउन लागेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, स्टुडेन्ट अनलाइन क्लास प्याकेज अन्तर्गत एउटा विद्यार्थीले मासिक २८८ रूपैँयामै अनलाइन कक्षा लिन सक्नेछन् । यस्तै, कम्पनीले एकभन्दा बढि विद्याथीका लागि अझ सुलभ मुल्य तोक गरेको छ । जसमा दुई जना विद्यार्थीको हकमा मासिक ४८८ रूपैँया र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँ रहेको छ ।

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्ड विथ उपलब्ध गराइने छ । अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ ।

यसबारे थप जानकारीका लागि ग्राहकले डिशहोमको हटलाइन नम्बर अथवा नजिककको ‘डिशहोम डिलर दाइ’ कोमा सम्पर्क गर्न सक्नेछन् ।