काठमाडौँ– नबिल बैंकले चालु आर्थिक वर्षको आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा अघिल्लो नबिल आवको तुलनामा १७ करोड रुपैँया मुनाफा आर्जन गर्न सफल देखिएको छ । यसर्थमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्रै बैंकले २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।


ADVERTISEMENT


बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने ओरालो लागेको देखिएको छ । ६ महिनाको वितरणयोग्य मुनाफा जम्म १ अर्ब ४५ करोड रूपैँया रहेको छ । जुन अघिल्लो आव तुलनामा ३९ करोडले कम हो । यस्तै, बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २९.९९ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी २३.५९ कायम भएको छ । यस्तै पीई रेसियो ४७.०६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेय नेटवर्थ १८४.२८ रूपैयाँ छ ।


ADVERTISEMENT

# # #


बैंकले खुद ब्याज भने आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्‍याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ ।