काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यसअघि तय भएका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कोरोना संक्रमण बढ्दै गएपछि वार्षिक र सेमेस्टर प्रणालीका पूर्वनिर्धारित सबै परीक्षा स्थगित गरिएको त्रिविका उपपरीक्षा नियन्त्रक डा. घनश्याम ठाकुरले हिमालय पोष्टलाई जानकारी दिए । उनका अनुसार अर्को सूचना नआएसम्मका लागि ९ गते पछाडिका सबै परीक्षा स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


केही दिनभित्रै एलएलबी तेस्रो वर्षको वार्षिक परीक्षा, स्नातक तहका विभिन्न वर्ष र सेमेष्टरका परीक्षा सुरु हुने कार्यतालिका थियो । तर, अब ती सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित भएका छन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड नभए परीक्षा स्थगित गर्न त्रिविलाई निर्देशन दिएका थिए ।