काठमाडौँ– ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न सबैमा आग्रह गरेको छ । उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो ।


ADVERTISEMENT


यसका लागि ट्राफिक प्रहरीलेसार्वजनिक सवारी साधनका चालक सह–चालक तथा यात्रुवर्गलाई अनिवार्य मास्क प्रयोगका निमित्त अनुरोध गर्दै सवारी साधनहरुमा सुचनामुलक स्टिकर समेत टाँस गरेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरेका छन् ।

कार्यक्रममा एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गर्दै भने, ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामनाु भन्ने मूल अभिप्रायका साथ शुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भूमिका खेल्नेछ ।’ यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले बेलैमा स्वास्थ्य मापदण्डको पुर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको भनाई छ ।

अभियानलाई सार्थक बनाउँदै महाशाखाले उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने पन्ध्र हजार थान स्टिकर टाँस गरिएको छ । यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको विश्वास छ ।

उक्त अवसरमा ट्राफिकले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए–नभएको अनुगमन गर्दै मास्क नलगाएको पाइए सम्झाईबुझाइ गर्दै मास्कको वितरण समेत गरिएको छ ।