काठमाडौँ– काठमाडौंदेखि नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एकजना महिला बेहोस भएका छन् ।


ADVERTISEMENT


प्रतिकुल मौसमका कारण भिजिबिलिटी कम भएकाले समयमै प्लेन अवतरण गराउन नसक्दा ती महिला आत्तिएर बेहोस भएकी हुन् । बेहोस हुनेमा काठमाडौँ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा रहेकी छन् ।


ADVERTISEMENT

# # #


आत्तिएर बेहोस भएपछि थापालाई बुद्ध एयरकै एम्बुलेन्समार्फत तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । सामान्य उपचारपछि अहिले उनको अवस्था सामान्य छ ।

बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ः४४ मा उडान भरेको ४५१ नंको जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल भएपछि जहाज ३० मिनेटभन्दा बढी होल्डमा परी ९ः१८ मा मात्रै अवतरण भएको थियो ।

सोही क्रममा जहाजमा सवार यात्रुहरु आत्तिएको र तीनैमध्ये यात्रु थापा बेहोस भएकी थिइन् ।