एथेन्स– फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो ६ वटा बुधबार ग्रीस आइपुगेका छन् ।


ADVERTISEMENT


बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ। ग्रीसले १६ महिना अघि ग्रीक सशस्त्र बलको प्रतिरोध क्षमतालाई बलियो बनाउन पाँच वर्षे योजनाको रूपमा जेटहरू खरिद गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


डसल्ट एभिएसनसँगको सम्झौतालाई एथेन्स र पेरिसले ग्रीकफ्रान्सेली सहयोगमा कोसेढुङ्गाको रूपमा लिएका छन् । यसबाट युरोपलाई आफ्नै रणनीतिक स्वायत्तता निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। रासस

प्रतिकृया

प्रतिकृया