काठमाडौं – नेपालमा कोरोना भाइरसबाट  संक्रमितमध्ये सक्रिय संक्रमितको संख्याले  ५० हजारको आकडा छुन लागेको  छ ।


ADVERTISEMENT


हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको डाटामा जानाइएको छ । यो डाटा बुधबारसम्म कोरोनाबाट संक्रमित भइसकेकाहरुको हो ।


ADVERTISEMENT

# # #


यसमध्ये काठमाडौंमा २२ हजार ३०, ललितपुरमा ५ हजार २२६ र भक्तपुरमा २ हजार ९५२ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१३ जिज्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही र कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म ११ हजार ६२८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ८ लाख १८ हजार १६० संक्रमित निको भइसकेका छन् । ८ लाख ७७ हजार ७१७ कोरोना संक्रमित भइसकेका छन् ।

५० लाख ५४ हजार १९८ पीसीआर परीक्षण गरिसकिएको छ ।