काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


महामन्त्री शर्माले आफु तथा सपरिवारलाई नै कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनका अनुसार, हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । उनलार्य यसअघि आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।


ADVERTISEMENT

# # #


पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा छन् ।