काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या लगातार बढेसँगै काठमाडौँ उपत्यकाम झन् कडाई गरिएको छ । मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले संक्रमणलाई फैलिन नदिन नयाँ प्रावधान ल्षएको हो ।


ADVERTISEMENT


जस अनुसार अब काठमाडौँमा सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म बन्द गर्नुपर्ने भएको छ । यस्तै सबै प्रकारका आमसभा, भेला, जुलुस वा धेरै मानिस जम्मा हुने क्रियाकलाप माघ महिनासम्म गर्न प्रतिबन्ध लगाइएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचनामा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगराई भर्चुखल विधिबाट गर्नू भनिएको छ ।

सार्वजनिक सवारीसाधनमा समेत स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने भएको छ ।