काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कार्यभार सम्हालेको १०० औँ दिन पुगेको छ ।


ADVERTISEMENT


मन्त्री श्रेष्ठले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्हालेको आज सय दिन पुरा भएको हो । यसै अवसरमा उनले सोमबार दिउँसो २ बजे मन्त्रालयमै पत्रकार सम्मेलनको घोषणा समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त सम्मेलनमा मन्त्रीको रुपमा मन्त्रालयको जिम्मेवारी सम्हाली सकेपछि हालसम्म उनले सम्पादन गरेका प्रमुख कार्य एवम् हासिल गरेका प्रमुख उपलब्धिहरु सार्वजनिक गरिने उनको सचिवालयले जनाएको छ ।