काठमाडौं – कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ ।


ADVERTISEMENT


वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।


ADVERTISEMENT

# # #


उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् ।

विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र पङ्क्तिमा खटिनेमा परिवारका सदस्यमा पनि सङ्क्रमण हुने हो कि भन्ने चिन्ताले मानसिक समस्या निम्ताइरहेको उपाध्यायको भनाइ छ ।

सङ्क्रमणका बेला निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने र डिप्रेसन हुने जस्ता समस्या बढेको उनी बताउँछन् । नागरिक दैनिकबाट ।