काठमाडौं – पछिल्लो समय कोरोनाको तेस्रो लहर महामारीतर्फ उन्मुख भइरहँदा एकै कार्यालयका दर्जनौँ कर्मचारीमा संक्रमण देखिन थालेको छ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पतालमा ७२ जना स्वास्थ्यकर्मीलाई एकै पटक कोरोना संक्रमण भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तीन सचिवसहित ४० जनामा आइतवार पुष्टि भएको छ । बिहीबार र शुक्रबार दुई पटकसम्म गरिएको स्याम्पलको रिपोर्ट आइतवार आउँदा ४० जनालाई संक्रमण देखिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवम् सहसचिव महादेव पन्थले आइतवार साँझ दिएको जानकारी अनुसार तीनसचिव र दुई उपसचिवसहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।

दुई दिन लगाएर यो कार्यालयका सबै कर्मचारीको स्याम्पल संकलन भएको थियो, पन्थले भने, ‘दुई सयजना कर्मचारीको पीसीआर रिपोर्ट आइतवार अपरान्ह आउँदा ४० जनामा कोभिड पुष्टि भएको छ।’

संक्रमित हुनेहरुमा सचिव शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र हालै मात्र बढुवा भए सचिव कृष्णबहादुर रावत छन्। मनोज आचार्यसहित दुई सहसचिवमा पनि संक्रमण पुष्टि भएको छ। पन्थले सचिवहरु ढुंगाना र थपलियामा केही दिनअघि नै कोरोना देखिएपछि हाल होम आइसोलेसनमै रहेको बताए।

सुरुमा दुई सचिवमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले स्वाब लिएको थियो।

तीन सचिवसहित अहिले संक्रमण देखिएका सबै कर्मचारी घरमै हुनुहुन्छ पन्थले भने, उहाँहरु कसैको पनि स्वास्थ्यमा कुनै समस्या देखिएको छैन। कार्यालयको हकमा जनशक्ति व्यवस्थापन गरेर काम भइ नै रहेको छ।

पन्थले ४० जना संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको आइतवार पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएको पनि बताएका छन्। कोरोनासँग मिल्दा लक्षण देखिएका र स्वाव दिएकाहरुलाई हाल घरैबाट काम गर्न भनिएको छ।

परीक्षण जारी रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमित संख्या अझै बढ्न सक्ने उनले बताए।