काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज छलफल गर्ने भएको छ । आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज परामर्श गर्न लागेको हो ।


ADVERTISEMENT


छलफलका लागि आयोगले शुक्रबारका लागि १७ वटा राजनीतिक दललाई बोलाएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरु प्रसाद वाग्लेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार माघ १२ गतेका लागि तय गरिएको राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र स्थानीय तहको आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।