काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दे बार एशोसिएशनका पदाधिकारीसहित कानुन व्यवासायी आज पनि प्रदर्शनमा उत्रिएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले सर्वाेच्च अदालत परिसर अगाडि प्रर्दशन गरेका हुन् ।


ADVERTISEMENT


प्रधानन्यायाधीश चोलेन्द्रकै कारण न्यायापालिकाको न्याय सम्पादन, न्याय प्रशासन, न्याय सेवा आयोगबाट कर्मचारीको वृद्धि विकास एवम् न्यायाधीशको सरुवालगायताका सबै कार्यहरु रोकिएको आरोप लगाउँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सो आन्दोलन प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी गरिरहने बताए । न्यायालयको सुधारको लागि नै आफुहरुले सो आन्दोलन गरिरहेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै प्रधानन्यायधीशमाथि महाअभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्रसमेत बुझाई सकेका छन् ।