काठमाडौं – पस ३० गते इण्डियन आइडल २०२१का विजेता पवनदीप राजनको नेपाल आउने कार्यक्रम स्थगित भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै उनको नेपाल भ्रमण स्थगित भएको हो ।


ADVERTISEMENT


पवनदीपले पुस ३० गते हायात रेजेन्सी र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)मा कार्यक्रम गर्ने तय भएको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सुचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छ्न ।


ADVERTISEMENT

# # #


कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन् । आयोजकका अनुसार अर्को सूचनापछि मात्र कार्यक्रमको आगामी तयारी हुने छन् ।