मकवानपुर – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले  मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको विभिन्न ठाउँका बासिन्दालाई न्यानो कपडा वितरण गरेका छन् ।


ADVERTISEMENT


अति गरीब, बिपन्न बर्गका ७०० घर परिवारलाई बानियाँले  जाडोको लागि न्यानो कपडा वितरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार एक कार्यक्रमकाबीच पुर्ब गृह-राज्यमन्त्रीसमेत रहेका  बानियाँले ७०० घर परिवारलाई जाडोबाट बच्न सहज होस् भनी न्यानो कपडा वितरण गरिएको बताए ।

कठ्यांग्रिँदो जाडो बढेसँगै न्यानो कपडा स्वरुप सिरक हस्तान्तरण गरिएको बानियाँको सचिवालयले जनाएको छ ।