चितवन– धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध रंगशालाको स्वामित्व महानगरले लिने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन रंगशालाको स्वामित्व महानगरले लिने रेनुको घोषणा गरेकी हुन् ।


ADVERTISEMENT


यसका लागि महानगरपालिकाले आवश्यक प्रक्रियासमेत चालिसकेको दाहालले बताइन् । महानगरपालिकाले जग्गा उपलब्ध गराउने, सो किसिमको वातावरण निर्माण गर्ने र स्रोत जुटाएर निर्माण सम्पन्न गराउने सम्झौता भएको र सो सो सम्झौता अनुरुप सबै किसिमको दायित्वहरु महनगरले निर्वाह गरेको दाहालको भनाई छ । यसबाहेक आम व्यक्ति र चितवनवासीसंग महानगरले आर्थिक सहयोगको लागि अपिल गरेको बताउँदै उनले अघि भनिन्, ‘महानगरले आन्तरिक बजेट विनियोजन गरेर पनि धुर्मुस सुन्तली फाउन्डेशनलाई झण्डै १० करोड बजेट हस्तान्तरण गरेकै हो ।’


ADVERTISEMENT

# # #


आर्थिक अभावका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसक्ने भएपछि फाउन्डेशनले महानगरलाई स्वामित्व ग्रहण गर्न भन्दै पत्राचार गरेको थियो । र, सोहि निर्णय अनुरुप महानगरले सो रंगशाला निर्माणको स्वामित्व लिने निर्णय गरेको हो ।