हुम्ला– नेकपा एमाले हुम्लाको ९औँ जिल्ला अधिवेशन स्थगित भएको छ ।


ADVERTISEMENT


बढ्दो हिमपातका कारण जिल्लाका सातवटै स्थानीय तहबाट आएका २६३ मतदातालाई सिमिकोटस्थित होटलमा बस्नु परेको बाध्यता छ ।


ADVERTISEMENT

# # #


पार्टीका केन्द्रीय सदस्य दल रावल, अदानचुली गाउँपालिकाका दल फडेरा र कर्णाली प्रदेशका नेता गोरखबहादुर बोगटीसमेत काठमाडौँमै रहेपछि जिल्लाको अधिवेशन स्थगित गर्नुपरेको एमालेका पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । यही पुस २३ देखि २६ सम्म हुने सो अधिवेशन आगामी माघ २३ गतेदेखि हुने उनको भनाई छ । रासस