काठमाडौं – एभरेष्ट बैंकले भक्तपुर सीसीटीभी जडान समितिलाई आर्थिक सहयोग गरेको छ । भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सीसीटीभी जडान समितिको सहयोगार्थ एभरेष्ट बैंकले समितिलाई एक लाख सहयोग गरेको जनाएको छ ।


ADVERTISEMENT


बैंकको संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सीसीटीभी जडान समितिका सचिव पदम लाल सिलाकारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकका बजार व्यवस्थापन विभाग प्रमुख पुष्प राज उप्रेति र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायव उपरिक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको बैंकले जनाएको छ ।