काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभर २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको हो ।


ADVERTISEMENT


पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, इटलीमा १ लाख ८ हजार, अस्ट्रेलियामा ७८ हजार, टर्कीमा ६३ हजार र जर्मनीमा ५९ हजार जनामा कोरोना पुष्टि भएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट विश्वभर ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अमेरिकामा १ हजार ७६८, रसियामा ७८७, जर्मनीमा २८४, भियतनाममा २३३, बेलायतमा २२९, इटलीमा २२३ र फ्रान्समा १९३ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा