काठमाडौँ – आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ ।


ADVERTISEMENT


गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


ADVERTISEMENT

# # #


बैठकमा तराई–मधेसका क्षेत्रमा सिके राउत समूहका गतिविधिका बारे तथा कोरोना संक्रमणका बारेमा पनि छलफल भएको छ । समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीकाबारेमा समितिमा विस्तृत छलफल भएको कोईरालाले बताए ।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यस्तै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनामा गर्न प्रस्ताव गरेको छ ।