काठमाडौँ– नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले भोलि पौष २३ गते अन्तराष्ट्रिय क्रिकेट मैदान मुलपानीमा एक लाख जनता उतार्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौ बानेश्वरस्थित अर्याल होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राईले नेकपा एमाले काठमाडौँ जिल्लाको छैटौ अधिवेशनमा काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट १ लाख जनता सहभागी हुने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


जिल्लाका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र,११ नगर र १३८ वटा वडाहरुबाट नेकपा एमालेलाई माया गर्ने काठमाडौँवासीको सहभागिता रहने जानकारी दिदै अध्यक्ष राईले वर्तमान सरकार पांच दलीय गठबन्धन नभई अदालत सहित ६ दलीय गठनबन्धन रहेको भन्दै कटाक्ष समेत गरे ।

नेकपा एमालेमा काठमाण्डौ जिल्लाका कुनै पनि राजनीतिक दल संग खुल्ला सभा गर्न सक्ने सामर्थ्य नदेखिएको भन्दै उनले जिल्लाका ११ नगर र १३८ वटा वडाहरुमा पौष २० गते जिल्ला अधिवेसनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी समेत दिएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौँ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्यहरु नारायण सिलवाल,केशव स्थापित,रुपनारायण श्रेष्ठ,विद्यासुन्दर शाक्य,बिना श्रेष्ठ,सरिता न्यौपाने,शान्ति अधिकारी लगायतको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो।