काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको खबर छ । अहिले दाहाललाई काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।


ADVERTISEMENT


दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको हो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।


ADVERTISEMENT

# # #


चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।