काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् ।


ADVERTISEMENT


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोपुस १८ गते सचिवस्तरको) निर्णयानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीको प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान गरेको थियो । तर हाल उक्त प्रक्रिया सम्पन्न नभएकाले मन्त्रालयले वैद्यलाई जिम्मेवारी दिएको हो ।

वैद्यले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । आज (पुस १९ गते)देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै वैद्यले सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकाय लगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो÷छरितो तथा उचित रुपले सम्बोधन गर्न लागी पर्ने बताइन् ।

उनले आफूलाई सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने अपेक्षा गरिन् । वैद्यले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।