काठमाडौं – नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार सो बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीमा धमाधम मनाेनयन गरिरहेका छन् ।