काठमाडौँ– ओमिक्रोन जोखिम न्युनिकरणका लागि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)ले सबै स्थानिय तहहरुलाई पत्राचार गरेको छ ।


ADVERTISEMENT


कोभिड–१९ को जोखिम हालसम्म पनि यथावत् नै रहेको र यसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि भित्रिसकेको तर्फ ध्यानाकर्षण गराउँदै इडिसिडीका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले शनिबार सबै स्थानीय तह, जिल्लाका सबै स्वास्थ्य कार्यालय र सातवटै प्रदेश स्वास्थ्य निर्देशनालयलाई ७ बुँदे निर्देशनसहित पत्राचार गरेका हुन् ।


ADVERTISEMENT

# # #


जसमा ओमिक्रोनका केशहरु लाई थप वृद्धि हुन नदिनका लागि एसएमएस (भीडभाड हुन नदिने, मास्कको प्रयोग नगर्ने र हात धुने) जनस्वास्थ्य मापदण्डको पालना गर्दै/गराउँदै पुनः संक्रमण परिक्षणको दायरा बढाई कोभिड–१९ का केश तथा सीमानाकाबाट प्रवेश गर्ने यात्रुहरुको समेत प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्ने/गराउने लगायतका निर्देशनहरु उल्लेख गरिएको छ ।

यसका साथै खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान तथा कोभिड–१९ विरुद्धको खोप प्रयोगमा वृद्धि गर्दै होम आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको समुचित फ्लोअप एवम् मापदण्ड पालनाको निगरानी बढाउन समेत इडिसिडीले निर्देशन दिएको छ ।

सन् २०१९ मा चीनको वुहानमा पहिलो पटक पहिचान भएको कोभिड–१९ भाइरस अझै उत्परिवर्तन भई नयाँ–नयाँ स्वरुपहरु देखिने क्रम जारी रहेको विज्ञहरुको भनाई छ । यस्तै, पछिल्लो समय देखिएको यसको ‘ओमिक्रोन’ भेरिएन्ट विगतमा देखिएको भेरिएन्टभन्दा थप संक्रामक रहेको प्रारम्भिक अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ ।

विभागद्वारा जारी विज्ञप्ति