काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री समेत रहेका देउवाले काँग्रेसको विधानकधो धारा २१ को उपधारा १० अनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौदेलले जनाएका छन् ।


ADVERTISEMENT

# # #


मनोनित भएकाहरु मंसिर तेस्रो हप्ता काठमाडौँमा भएको काँग्रेस महाधिवेशनमा पदाधिकारीमा लडेर पराजित भएका थिए । स्वतन्त्र रुपमा सभापतिका लागि लडेका गुरुङ पराजित भएका थिए । यस्तै पौडेल देउवा प्यानलबाट महामन्त्रीमा लडेर हारेका थिए भने शाही देउवा प्यानलबाटै पिडिएको क्षेत्रको एउटा कोटामा डा. शशांक कोइराला प्यानलका बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए ।

काँग्रेसमा महाधिवेशनमा पदाधिकारीमा पराजित भएहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने परम्परा रहेको छ । काँग्रेसमा ३३ जना केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुने व्यवस्था छ । सभापति देउवाले यसअघि सभापतिमा हारेका प्रकाशमान सिंह, उपसभापतिमा हारेका विजय गच्छदार लगायतलाई केन्द्रीय सदस्य मनोनित गरिसकेका छन् ।