काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको महिला भलिबल टोलीका पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको निधन भएको छ ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमणबाट ४२ वर्षको उमेरमा विष्टको शनिबार साँझ निधन भएको हो । विष्टको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना पुष्टि भएपछि विष्टलाई १२ पुसमा एपीएफ अस्पतालमा भर्ना गरिएको थियो ।


ADVERTISEMENT

# # #


२०७४ सालमा उनको प्रशिक्षणमा एपीएफको महिला टोलीले देशभर आयोजना भएका ११ वटा प्रतियोगितामध्ये ९ वटाको उपाधि जितेको थियो । विष्ट आफ्नो कार्यकालमा एपीएफ महिला भलिबल टोलीका सफल प्रशिक्षक हुन् । विष्टका श्रीमती र दुई छोरा छन् ।